गाजाका ९३ प्रतिशत बैङ्क शाखाहरू ध्वस्त
पुस ४, २०८१ बिहिबार
काठमाण्डौ – आज विश्व पशु दिवस मनाइँदैछ । जनावरको संरक्षणको बारेमा सचेतना जगाउन हरेक वर्ष अक्टोबर ४ तारिखमा विश्व पशु दिवस मनाउने गरिन्छ ।
पर्यावरण संरक्षणमा पशुको आवश्यकता छ । वायुमण्डलमा भएको कार्र्बन र नाइट्रोजनको चक्रलाई सन्तुलित बनाउन पनि वातावरणमा जनावरको योगदान महत्वपूर्ण मानिन्छ ।
पूर्वीय सभ्यतामा जनावरलाई अझ विशेष महत्व दिएको पाइन्छ । विशेष गरी नेपालमा तिहार पर्वमा पशुलाई महत्व दिएर पूजा गर्ने गरिन्छ ।
पशु संरक्षणकर्मी विष्णुप्रसाद पनेरुका अनुसार पशुलाई पूजा गर्ने तर अरु बेला वेवास्ता गरिने मानविय व्यवहारका कारण संरक्षणमा चुनौती थपिएको छ । पशु तथा जनावरको संरक्षणका लागि सबै पक्ष जिम्मेवार र सचेत भए मात्रै पशु संरक्षणमा योगदान पुग्न सक्ने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।