साउदी अरेबियाले नवाैँ शीतकालीन एसियन खेलकुद आयाेजना गर्ने

 असोज १८, २०७९ मंगलबार १५:६:१४ | एजेन्सी
unn.prixa.net

तस्बिर : साउदी ग्याजेट

साउदी अरेबियाले सन् २०२९ को नवौँ शीतकालीन एसियन खेलकुद आयोजना गर्ने भएको छ । खाडी राष्ट्र साउदी अरेबियाले अर्बाैँ डलर खर्चिएर कृत्रिम हिमाल र पोखरी तथा नदी बनाएरै भए पनि शीतकालीन एसियन खेलकुद आयोजना गर्ने घोषणा गरेको रोयटर्सले जनाएको छ । 

शीतकालीन खेलकुद आयोजनाको प्रतिस्पर्धा जित्न साउदी अरेबियाले पाँच सय बिलियन डलर खर्चको प्रतिबद्धता जनाएको खबरमा उल्लेख छ । पर्यटकीय क्षेत्र ट्रोजेना परियोजनामा साउदी अरेबियाले सन् २०२६ सम्म पूर्वाधार तयार गरिसक्ने लक्ष्य लिएको छ । ट्रोजेना परियोजनामा आउटडोर स्किइङ, आइस हक्कीका लागि कृत्रिम हिउँ पारिने मैदान, मानव निर्मित ताजा पानीको ताल र नदीहरू पनि बन्नेछन् । 

साउदीका राजकुमार तथा खेलकुदमन्त्री अब्दुल अजीज बीन टर्की अल फैसलले खेल क्षेत्रमा आफ्नो बलियो उपस्थिति देखाउने अवसर स्वरूप २०२९ को शीतकालीन एसियन कप आयोजना गर्न पाउनु गर्वको कुरा भएको बताउनुभएको छ । शीतकालीन एसियन कप आयोजना गर्ने साउदी अरेबिया खाडी देश मात्र नभइ पश्चिम एसियाकै पहिलो देश बनेको छ । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया