श्रीलङ्का सरकारले थप १० लाख बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्ने

 असोज १९, २०७९ बुधबार ९:१४:१५ | एजेन्सी
unn.prixa.net

श्रीलङ्का सरकारले थप १० लाख विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गर्ने निर्णय गरेको छ ।

राष्ट्रपति रनिल विक्रमासिङ्घेले प्रस्तुत गरेको प्रस्तावलाई मन्त्रीपरिषद् बैठकले स्वीकृति दिएको मन्त्रीपरिषद्का प्रवक्ता बन्दुला गुणवर्दनाले जानकारी दिनुभएको छ । उहाँले यो निर्णय तत्काल कार्यान्वयन गरिने पनि बताउनुभएको छ ।

श्रीलङ्कामा विद्यालय जाने बालबच्चाको पोषण र स्वास्थ्यबारे चिन्ता व्यक्त हुँदै आएको र सरकारको यो निर्णयले यो चिन्तालाई सम्बोधन गर्नेछ । आर्थिक सङ्कटका कारण धेरै बालबालिका बिहानको खाजा नखाइ विद्यालय आउने गरेको समाचारहरु आएका थिए ।

श्रीलङ्का सरकारले यसअघि नै १० लाख ८० हजार विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराइरहेको र यसबाट सरकारको वार्षिक एक करोड २० लाख अमेरिकी डलर खर्च हुने गरेको जनाएको छ । थप १० लाख विद्यार्थीलाई खाना खुवाउँदा सरकारले बेहोर्ने खर्च दोब्बर हुनेछ ।
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया