च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना पराजित : इन्टर, बायर्न र लिभरपुलको जित

 असोज १९, २०७९ बुधबार ९:३६:१९ | एजेन्सी
unn.prixa.net

च्याम्पियन्स लिग फुटबलमा इन्टर मिलानले बार्सिलोनालाई हराएको छ । 

समूह चरण अन्तर्गत गएराति भएको खेलमा इन्टर मिलानले बार्सिलोनालाई १–० गोलले हराएको हो । इन्टरको जितमा हाकन काल्हानोग्लुले गरेको गोल नै निर्णायक भयो । उनले खेलको पहिलो हाफको इन्जुरी समयमा गोल गरे ।

जितसँगै समूह ‘सी’ को इन्टरले ३ खेलमा ६ अंक जोडेको छ । बार्सिलोना ३ अंक जोडेर समूहको तेस्रो स्थानमा छ । यो समूहमा बायर्न म्युनिख ९ अंकका साथ शीर्ष स्थानमा छ ।

समूह चरण अन्तर्गत गएराति भएको खेलमा बायर्नले भिक्टोरिया प्लेजेनलाई ५–० गोलको फराकिलो अन्तरले हरायो । जितसँगै बायर्नले समूह चरणमा अपराजित यात्रा पनि कायमै राखेको छ । प्लेजेन अंक विहीन रहँदै पुछारमा छ ।

त्यस्तै च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । समूह चरण अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले रेन्जर्सलाई २–० गोलले हराएको हो ।

लिभरपुलको जितमा ट्रेण्ड एलेक्सजेण्डर आर्नोल्ड र मोहमद सलाहले एक/एक गोल गरे । जितसँगै समूह ‘ए’ को लिभरपुलले ३ खेलमा ६ अंक जोडेको छ । लिभरपुल समूहको दोस्रो स्थानमा छ । यो समूहमा नापोली ९ अंकका साथ शीर्ष स्थानमा छ । अंक विहीन रेन्जर्स पुछारमा रहेको छ ।
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया