पाल्पामा मेला हेर्न गएका २ युवा मृत भेटिए

 असोज २०, २०७९ बिहिबार १४:५७:३१ | देव पचभैया
unn.prixa.net

प्रतीकात्मक तस्बिर

पाल्पा – पाल्पामा दुई युवा मृत भेटिएका छन् । निस्दी गाउँपालिका २ का २१ वर्षीय वीरेन्द्र साेमै मगर र इन्द्र सारु मृत भेटिएका हुन् । 

उनीहरू दुवै जना फूलपातीकाे रमाइलाे (मेला) हेर्न मित्याल गएका प्रहरीले जनाएकाे छ । दशैँ दिनसम्म घर नआएपछि उनीहरूकाे खाेजी भएकाेमा आज बिहीवार शव भेटिएकाे हाे । 

मृतक इन्द्रको टाउको तथा शरीरका विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया