धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाडौं – रोजगारीका सिलसिलामा कति नेपाली विदेशमा होलान् ? उत्तर हाजिर छ, ४३ लाख भन्दा धेरै । यस क्षेत्रका सबैजसो सरोकारवाला र चासो राख्नेहरुले भनेपछि नपत्याउने कुरा पनि भएन । तर वास्तविकता के हो भने सबैले भन्ने गरेको ४३ लाख वैज्ञानिक तथ्याङ्क होइन, अनुमानांक हो ।
अन्तिम श्रम स्वीकृतिलाई आधार मानेर अहिलेसम्म वैदेशिक रोजगार विभागले विदेश जानेको तथ्याङ्क राख्छ । आर्थिक वर्ष २०५०-५१ देखि त्यही आधारमा विदेश जाने कामदारको तथ्याङ्क विभागले राख्न थालेको हो ।
विदेशमा रहेका नेपालीको संख्या यति नै छ भन्ने अहिलेको तथ्य हावादारी जस्तै हो । विभागको हिसाव र वास्ताविकता बिच छेउटुप्पो मेल खाँदैन । जस्तो कि कति विदेशबाट ‘फिनिस’ गरी फर्केका युवा स्वदेशमा नै छन् । पुनः श्रमस्वीकृति लिएर जाने कति छन् ? अन्तिम श्रम स्वीकृति लिएर कोही विदेश पो गएनन् कि ?
विभागले राखेको तथ्याङ्कमा यी सबैको संख्या जोडिएको छ । अहिले विदेशमा जति नेपाली छन् भनिएको छ, त्यो संख्यामा मृत्यु भएकाको संख्या पनि जोडिएको छ ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट छ हजार ३५१ जना मृतकका परिवारले क्षतिपूर्ति पाएका छन् । यो तथ्याङ्क २०६५-६६ देखि गएको आर्थिक वर्षसम्मको हो । त्यसअघि क्षतिपूर्ति पाउनेको तथ्याङ्क राखिएको छैन । त्यो संख्या पनि ४३ लाखमा नै जोडिएको छ ।
क्षतिपूर्ति नपाउने मृतकको संख्याको तथ्याङ्क कसैसित छैन । मानिलिउँ, दिनहुँ तीन जनाको ज्यान विदेशमा जान्छ । संस्थागत रुपमा विदेश जाने अनुमति दिन थालिएको ३० वर्ष भन्दा धेरै भयो । यो अवधिमा हजारौं जनाले विदेशमा ज्यान गुमाएका छन् ।
एक जना व्यक्तिले पाँच पटकसम्म श्रम स्वीकृति वा पुनःश्रमस्वीकृति लिएर गएको छ भने त्यस व्यक्तिको तथ्याङ्क मूल संख्या अथवा ४३ लाखमा नै पाँच जना भनेर जोडिएको छ ।
कसैको अन्तिम श्रम स्वीकृति भयो । तर ऊ घरायसी अप्ठेरा, काम मन नपरेर वा अरु नै कारणले विदेश नगए पनि मूल अंकमा नै जोडिन्छ । ऊ विदेश गए नगएको भन्ने कतै देखिन्न ।
अन्तिम श्रम स्वीकृतिलाई आधार मानेर नै सही, विदेश जानेको तथ्याङ्क त राखिएको छ । तर फर्केर आउनेका तथ्याङ्क अहिलेसम्म राखिएको थिएन । तर मंगलबार (असोज १६) गतेदेखि भने विदेशबाट फर्कनेको पनि तथ्याङ्क राखिने छ ।
त्यसै दिनदेखि वैदेशिक रोजगारीमा गएका व्यक्तिका विवरण तथा तथ्याङ्क राख्न ‘एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली’ पूर्ण रुपमा सञ्चालन हुन थाल्ने छ । त्यसो हुँदा तथ्याङ्क व्यवस्थित हुन सुरु हुन थाल्छ ।
तत्कालै भने श्रम स्वीकृति लिएर गएकाको तथ्याङ्क मात्रै लिन सकिन्छ । दुई वा तीन वर्षका लागि श्रम स्वीकृति लिएर गएकाहरु फर्कंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरुको तथ्याङ्क सूचना व्यवस्थापन प्रणालीमा राखिन्छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका इन्जिनियर राजु श्रेष्ठले भन्नुभयो, ‘श्रम स्वीकृति लिएर गएको हो होइन भन्ने थाहा पाएपछि त्यो मान्छे नेपालमा छ कि विदेशमा छ भन्ने कुरा थाहा पाइन्छ । त्यो भनेकै ठ्याक्कै तथ्याङ्क थाहा पाउने हो ।’ तर त्यसका लागि समय भने लाग्छ । इन्जिनियर श्रेष्ठका अनुसार विदेशमा कति नेपाली छन् भन्ने अनुमानित तथ्याङ्क आउन कम्तीमा अब २ वर्ष लाग्छ ।
त्यसैले अबको २ वर्षसम्म विदेशमा काम गर्ने नेपालीको संख्या जसले जति भनेर दावी गरे पनि ती दावीमा कुनै आधार छैन । जुन आधारमा ४३ लाख भनिदैछ, त्यो आधार नै गलत र हावादारी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
थेबे वैदेशिक रोजगार र यससँग जोडिएका सामाजिक विषयमा दख्खल राख्नुहुन्छ ।