पाल्पामा खोलाले बगाउँदा १ बालिकाकाे ज्यान गयो, २ जनाकाे उद्धार

 असोज २०, २०७९ बिहिबार २०:२५:४० | देव पचभैया
unn.prixa.net

प्रतीकात्मक तस्बिर

पाल्पा – पाल्पामा खोलाले बगाउँदा एक बालिकाको ज्यान गएको छ । रिब्दीकोट ६ ठिमुरेमा रहेकाे मन्दी खोलाले बगाउँदा रिब्दीकोट ५ नयाँटोलकी पाँच वर्षीया प्रिन्सु पचभैयाको ज्यान गएको हो ।  

बिहीवार बेलुकी साढे ४ बजेतिर नयाँ टोलबाट रानीठाँटी जाने क्रममा पचभैयासहित तीन जनालाई खोलाले बगाएको थियो । खोला तर्ने क्रममा प्रिन्सुसँगै आमा कविता र मीना रानालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । खोलाले बगाएका कविता पचभैँया र मीना रानाको भने उद्धार गरिएको छ । 

प्रहरीका अनुसार घाइते मीनाको तानसेनमा रहेकाे लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । कविता सकुशल रहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २६, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया