समानुपातिकतर्फ आयोगले ४ करोड ५५ लाख थान मतपत्र छाप्यो

 असोज २१, २०७९ शुक्रबार १७:३५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतपत्र छपाइको काम सम्पन्न गरेको छ । 

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभातर्फ गरी चार करोड ५५ लाख थान मतपत्र छपाइ भइसकेको जानकारी दिनुभयो । प्रतिनिधि सभातर्फ एक करोड ९८ लाख ७१ हजार र प्रदेश सभातर्फ दुई करोड एक लाख ८४ हजार थान मतपत्र छापिएको आयोगले जनाएको छ । 

आयोगले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूचीको अन्तिम टुङ्गो लगाउने काम गरिरहेको छ । पर्सि २३ गते आइतवार प्रत्यक्षतर्फका उम्मेदवारको उम्मेदवारी दर्ताको तालिका रहेको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया