ससुरालीबाट फर्कने क्रममा खाेलाले बगाएर पाल्पामा १ जना बेपत्ता

 असोज २२, २०७९ शनिबार १०:३३:३१ | देव पचभैया
unn.prixa.net

पाल्पा – खोलाले बगाएर पाल्पामा एक जना बेपत्ता भएका छन् । निस्दी गाउँपालिका–२ सुकेकोटमा स्थानीय साखर्दी खोलाले बगाएर निस्दी गाउँपालिका–१ अर्मलाङ्का ३९ वर्षीय टकबहादुर बराई मगर बेपत्ता हुनुभएको हो ।

गए राति ससुरालीबाट घर फर्कने क्रममा बराई खरामपुर नगरपालिका–१ र निस्दी गाउँपालिका–१, को सिमाना साखर्दी खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उहाँसँगै रहेका चन्द्रबहादुर आले र नेश्नल राना भने खोला तर्न सफल हुनुभएको थियो । बेपत्ता टकबहादुरको खोजी भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया