चुनाव नलड्ने सभामुख सापकोटाको घोषणा

 असोज २२, २०७९ शनिबार १४:३९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकबाट प्रतिनिधि सभाको चुनाव नलड्ने घोषणा गर्नुभएको छ ।

आज पत्रकार सम्मेलन गरेर सभामुख सापकोटाले युवाहरुलाई अवसर दिन र नेतृत्वमा ल्याउनको लागि आफूले आउँदो मंसिर ४ गते हुने चुनाव नलड्ने घोषणा गर्नुभएको हो ।

सापकोटा २०६४ सालको संविधानसभाको चुनावसहित तीन वटै चुनावमा सिन्धुपाल्चोक–१ बाट विजयी हुनुभएको थियो ।

सभामुख सापकोटाले आजसम्म सिन्धुपाल्चोकको जनप्रतिनिधि भएर जिल्लाको विकास निर्माणमा ठूलो योगदान दिएको र अझै पनि आफ्नो क्षमताले भ्याएसम्म जिल्ला र समग्र देशकै समृद्धिको लागि पहल गर्ने पनि बताउनुभएको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया