धादिङमा कारले ठक्कर दिँदा एक महिलाकाे ज्यान गयाे

 असोज २२, २०७९ शनिबार १९:५४:२२ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ सुत्केरी ढुङ्गानजिकै कारले ठक्कर दिँदा एक महिलाकाे ज्यान गएकाे छ । 

मुग्लिनबाट काठमाण्डौका लागि छुटेकाे बा १८ च ४९३५ नम्बरको कारले सडक किनारामा हिँडिरहेकी ५१ वर्षीया दिनामायाँ आचार्यलाई ठक्कर दिएकाे हाे । 

कारकाे ठक्करपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँकाे बाटैमा ज्यान गएकाे इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया