कांग्रेस नेतृत्वको गठबन्धनविरुद्ध एमाले नेतृत्वको अर्को गठबन्धन

 असोज २३, २०७९ आइतबार ७:१४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि कांग्रेस र एमाले नेतृत्वको दुई गठबन्धन चुनावी मैदानमा उत्रने निश्चित भएको छ ।

उम्मेदवारी दर्ताको अन्तिम चरणमा आइपुग्दा कांग्रेस नेतृत्वमा माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चाको गठबन्धन तथा एमाले नेतृत्वमा राजपा र राप्रपाको अर्को गठबन्धन देखिएको छ । जसपा सत्तारुढ गठबन्धनबाट बाहिरिएर एमालेसँग मोर्चा कसेको छ ।

यस्तै जसपा बाहिरिएपछि लोसपा सत्ता गठबन्धनमा मिसिएको छ । सत्ता गठबन्धनमा कांग्रेसलाई ८४, नेकपा माओवादी केन्द्रलाई ४७, एकीकृत समाजवादीलाई १९, लोसपालाई ७ र राष्ट्रिय जनमोर्चालाई २ सिट दिने गरी बाँडफाँट भएको छ ।

यस्तै, जसपाले मधेसमा १६ र सुनसरीमा एउटा गरी प्रतिनिधि सभाका १७ सिटमा एमालेसँग तालमेल गरेको छ । जसपाले ३५ सिटमा एमालेलाई सघाउने सहमति भएको छ । एमालेले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग प्रतिनिधि सभाका तीनवटा सिटमा तालमेल गरेको छ ।

झापामा राजेन्द्र लिङ्देन, रुपन्देहीमा दीपक बोहोरा र बाँकेमा धवल शम्शेर जबरालाई एमालेले सघाउने छ भने झापा ५ मा केपी ओलीलाई राप्रपाले सघाउने छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया