गोरखा–२ बाट प्रचण्डको उम्मेदवारी दर्ता

 असोज २३, २०७९ आइतबार १४:५२:५३ | किरण लोहनी
unn.prixa.net

गाेरखा – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

गोरखा नगरपालिका ९ दलभञ्ज्याङ्कमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रचण्डले आज आइतवार सत्ता गठबन्धनबाट साझा उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उम्मेदवारी दर्ताका क्रममा प्रचण्डको साथमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि हुनुहुन्छ । प्रचण्डकाे प्रस्तावकमा बाबुराम भट्टराई र समर्थकमा कांग्रेस जिल्ला सचिव किशोरजङ थापा हुनुहुन्छ ।

भट्टराई र श्रेष्ठ दुवैको निर्वाचन क्षेत्र गोरखा नम्बर २ हो । तर यो निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले प्रचण्डलाई उम्मेदवार बनाएको छ । उम्मेदवारी दर्ताका लागि प्रचण्डको साथमा गठबन्धन दलका नेता, कार्यकर्ता पनि बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया