उम्मेदवारलाई यसरी प्रदान गरिँदै छ, चुनाव चिन्ह

 असोज २६, २०७९ बुधबार ७:५४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – निर्वाचन आयोगले आज उम्मेदवारलाई चुनाव चिन्ह दिँदैछ ।

उम्मेदवारको अन्तिम नामावलीमा समावेश भएका हरेक उम्मेदवारलाई दलका लागि निर्धारण गरिएको चुनाव चिन्ह निर्वाचन अधिकृतले प्रदान गर्नेछन् ।

यस्तै, चुनाव चिन्ह प्रदान गरिसके पछि उम्मेदवारले दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा प्रदान गरिएको चुनाव चिन्ह परिवर्तन हुने छैन । 

त्यस्तो उम्मेदवार निर्वाचित भएका सम्बन्धित दलले प्रमाणसहित आयोगमा उजुरी दिएमा उसको सदस्यता खारेज हुने आयोगले जनाएको छ ।

चुनाव चिन्ह प्रदान गर्नु अघि आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । 

यस्तै, स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिँदा उम्मेदवारले प्रयोग गर्ने गरी निर्धारण गरेका चुनाव चिन्हको समूहबाट चिन्ह प्रदान गरिनेछ ।

उम्मेदवारको प्रतिनिधिलाई चुनाव चिन्ह रोज्न लगाइ उनीहरुको रोहवरमा चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।

तर, चुनाव चिन्ह प्रदान गर्दा कुनै उम्मेदवार वा उसका प्रतिनिधि उपस्थित नभएमा उपस्थित भएका उम्मेदवार वा उसका प्रतिनिधिले रोजेर बाँकी रहेका चुनाव चिन्हबाट निर्वाचन अधिकृतले चुनाव चिन्ह प्रदान गर्नेछन् ।

एक भन्दा बढी उम्मेदवारले एउटै चुनाव चुनाव चिन्ह रोजेमा त्यस्ता उम्मेदवारको नामको नेपाली वर्णानुक्रमको आधारमा प्राथमिकता दिई चुनाव चिन्ह प्रदान गरिनेछ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया