शेयर बजार ११ अङ्कले बढ्याे

 असोज २६, २०७९ बुधबार १५:४०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अस्ति साेमवार र हिजो मङ्गलवार दोहोरो अङ्कले घटेको शेयर बजार आज बुधवार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ३२ विन्दुले बढेर एक हजार आठ सय ६६ दशमलव ४८ विन्दुमा पुगेको छ ।

आज व्यापार र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । नेप्सेसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । दुई सय २२ वटा कम्पनीकाे २० लाख ८५ हजार कित्ता शेयर ६९ करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको दुई करोड ४० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज अभियान लघुवित्तको शेयर १० प्रतिशत तथा प्रोग्रेसिभ फाइनान्स र माहुली लघुवित्तको शेयर साढे पाँच प्रतिशतले बढेको छ । एभरेस्ट बैंकको प्रमोटर शेयर भने झन्डै १० प्रतिशतले घटेको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया