फेसबुकको कमजोरीका कारण घटेका फलोअर्स फिर्ता

 असोज २६, २०७९ बुधबार १९:३२:१० | एजेन्सी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

लाेकप्रिय सामाजिक सञ्जाल फेसबुकको सुरक्षा कमजोरीका कारण घटेका फलोअर्स फिर्ता भएका छन् ।

आज बुधवार बिहान फेसबुकको कमजोरीका कारण कम्पनीकै प्रमुख मार्क जुकरबर्गसहित लाखौँ सेलिब्रेटीका फेसबुक अकाउन्टबाट फलोअर्स गायब भएका थिए । फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गको फलोअर्स ११ करोड ९० लाख रहेकोमा घटेर नाै हजार हाराहरीमा देखिएको थियो । तर अहिले  उहाँका फलोअर्स ११ करोड ९१ लाख जना पुगेका छन् ।

यस्तै अचानक फलोअर्स घटेकाहरूका फलोअर्स पनि फिर्ता भएका छन् । केहीका फिर्ता हुने क्रममा रहेका छन् । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया