प्रचण्डविरुद्ध उम्मेदवारी दिएका देवकोटासहित कांग्रेसका २ बागी उम्मेदवार पार्टीबाट निष्कासित

 असोज २६, २०७९ बुधबार २०:१८:४२ | किरण लोहनी
unn.prixa.net

गोरखा – नेपाली कांग्रेस गोरखाले पार्टीले समर्थन गरेको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने दुई जनालाई कारबाही गरेको छ । 

गोरखा नगरपालिका ७ का रामशरण आचार्य र पालुङटार नगरपालिका ४ का गणेश देवकोटालाई पार्टीबाट निष्कासन गरिएको कांग्रेसले जनाएको छ । कांग्रेसको विधान २०१७ मा भएको व्यवस्थाअनुसार उनीहरूलाई पाँच वर्षका लागि पार्टी सदस्यबाट निष्कासन गरिएको कांग्रेस जिल्ला कार्यसमितिले आज बुधवार प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

उम्मेदवारी फिर्ता गराउन पटक–पटक अनुरोध गर्दा पनि अटेर गरी उम्मेदवारी कायमै राखेकाले पार्टीबाट निष्कासन गरिएको कांग्रेसका जिल्ला अनुगमन समिति संयोजक कृष्णबहादुर आलेले जानकारी दिनुभयो । कारबाहीमा परेका आचार्यले निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र (क) मा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । यो क्षेत्रमा कांग्रेसको समेत समर्थनमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका कृष्ण धिताल उम्मेदवार हुनुहुन्छ । यस्तै पालुङटार नगरपालिकाका देवकोटाले प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा बागी उम्मेदवारी दिनुभएको छ । त्यहाँ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार हुनुहुन्छ । 

यसैबीच कांग्रेसले आज बुधवार विज्ञप्ति निकालेर बागी उम्मेदवारी दिने व्यक्ति र उनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निष्कासन गरिएको जानकारी गराएकाे छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया