तराई र मध्य पहाडमा धानबालीमा क्षति : तत्काल पानीको उचित निकास व्यवस्था गर्न सुझाव

 असोज २७, २०७९ बिहीबार ७:२६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - झण्डै एक हप्ता लगातार परेको पानीले तराई तथा मध्य पहाडमा धानबालीमा क्षति गरेको छ । मुख्यगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आएको बाढी र डुबानबाट धानबालीमा क्षति पुगेको छ । वर्षभरि खाने र घरव्यवहार धान्ने अन्न धान डुबानमा परेपछि किसान चिन्तामा छन् ।

प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धानसहित बाढीले अरु बालीमा पनि क्षति गरेको छ । यसले गर्दा खाद्य सुरक्षामा असर पार्ने चिन्ता बढेको छ । अघिल्लो वर्ष पनि असोज अन्तिम हप्ता तथा कात्तिक पहिलो हप्ताकाे बेमौसमी वर्षाले धानबालीमा क्षति गरेको थियो । अहिले पनि विभिन्न जिल्लामा क्षति भएको छ ।

बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गरी राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन किसानको माग छ । राष्ट्रिय किसान आयोगले तत्काल क्षतिको विवरण सङ्कलन गर्न र पीडित किसानलाई राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका अध्यक्ष डा. प्रेम दङ्गालले बाढीपहिरोले कृषि तथा कृषिजन्य उत्पादनमा ठूलो क्षति पुगेको बताउनुभयो ।

क्षतिको वास्तविक विवरण सङ्कलन गरी किसानलाई राहत र पुनर्स्थापनाका लागि विभिन्न अल्पकालीन र दीर्घकालीन प्याकेज कार्यक्रम घोषणा गर्न पनि उहाँको माग छ । बाढी र डुबानमा परेको धान खेतमै उम्रिन थालेको छ । भित्र्याउने बेला भएको धानमा अझ धेरै क्षति छ ।

विज्ञले तत्काल धानखेतमा पानीकाे उचित निकास व्यवस्था गर्न सुझाव दिएका छन् । यसअघि धान काटेर भिजेको भए बाला छिटो सुकाउन र चुटिसकेको भए धानलाई हावा आउने ठाउँमा फिजाएर बेलाबेलामा चलाउन विज्ञको आग्रह छ ।

नेपाल कृषि अनुसन्धान परिषद् नार्कले कृषि बुलेटिन नै निकालेर पाकिसकेको धानबालीलाई मौसम सफा भइ पानी पर्न रोकिएको ३/४ दिनपछि मात्र काट्न किसानलाई आग्रह गरेको छ।

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया