दल तथा उम्मेदवार चुनावी प्रचारमा

 असोज २७, २०७९ बिहिबार ९:२३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चुनाव चिह्न पाएसँगै दल तथा उम्मेदवारहरु प्रचारमा जुटेका छन् । हिजो निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर चुनाव चिह्न दिएसँगै दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका हुन् ।

उम्मेदवारसहित दलका नेता कार्यकर्ताहरु गाउँघरमा पुग्न थालेका छन् । सहरबजार, गाउँघर र चियापसल तथा चोकचोकमा चुनावी कुराकानी र चर्चा हुन थालेका छन् । तर, प्रचारप्रसारमा जाँदा आचारसंहिता पालना गर्न उम्मेदवारलाई निर्वाचन आयोगले आग्रह गर्दै आएको छ ।

आयोगले प्रतिनिधि सभाका उम्मेदवारले न्यूनतम २५ देखि ३३ लाख रुपैयाँसम्म र प्रदेश सभाका उम्मेदवारले १५ देखि २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको छ । यस्तै, उम्मेदवारले आमसभा र घरदैलोमा १० वटा झण्डा मात्रै बोक्न पाउनेछन् । यस्तो कार्यक्रममा २५ जनाभन्दा धेरै उपस्थित हुन पाइने छैन ।

यस्तै, बाजा, झाँकी प्रदर्शनमा पनि आयोगले रोक  लगाएको छ । आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि ५ हजार ६ सय ३६ जना उम्मेदवार कायम भएका छन् । जसमा प्रतिनिधि सभातर्फ २ हजार ४ सय १२ जना र  प्रदेश सभातर्फ ३ हजार २ सय २४ जना रहेका छन् । चुनाव आउन अब ३८ दिन बाँकी छ। 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया