उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धनका साझा उम्मेदवार गुरुङद्वारा सर्वाेच्चमा रिट

 असोज २७, २०७९ बिहिबार १६:५९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा आफूले दिएको उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धनका साझा उम्मेदवार राजु गुरुङले सर्वोच्च अदालतमा रिट दिनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले उचित प्रमाणविना आफ्नो उम्मेदवारी खारेज गरिदिएको र उम्मेदवारी कायमै राख्न माग गरेर गुरुङले आज बिहीवार सर्वोच्चमा रिट दर्ता गराउनुभएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादीका नेता गुरुङ बैंकिङ कसुरको कालोसूचीमा रहेको भन्दै मनोनयन खारेज गरिदिएको थियो । तर आफ्नो कसुर मनोनयन नै खारेज हुने प्रकृतिको नरहेको र निर्वाचन अधिकृतले एमालेका उम्मेदवार विष्णु पौडेलसँग मिलेमतो गरेको गुरुङको आरोप छ ।

रुपन्देही–२ मा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार हुनुहुन्छ । गठबन्धनका उम्मेदवार गुरुङको मनोनयन नै खारेज भएपछि पाैडेललाई चुनाव जित्न सजिलो हुने आँकलन छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया