बेरोजगारको समस्या समाधानका लागि मेरो उम्मेदवारी : विनोद चौधरी

 असोज २८, २०७९ शुक्रबार १३:५१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताउनुभएको छ । 

आज शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउन्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास सम्मेलनमा उहाँले आउँदाे मङ्सिर ४ गते हुने चुनावमा आफूलाई भोट हालेर युवाको समस्या समाधानमा सहयोग गर्न आग्रह गर्नुभएको हो । उहाँले अब योजना र भिजन भएका युवा राजनीतिमा आउनुपर्ने बताउनुभयो । 

चौधरीले देशकाे दिगो विकास अगाडि बढाउनका लागि पैसा, शक्ति केन्द्र प्रयोग गर्न कमी नहुँदासमेत युवाको समस्या परिपूर्तिका लागि आफू राजनीतिमा लागेको बताउनुभयो । युवाले खोजेको रोजगारी र नेपाल बनाउनका लागि प्रत्यक्ष चुनावमा उठेकाे उहाँकाे भनाइ छ । चौधरीले सबै चार्टर्ड एकाउन्टेन्टसहरूलाई भेटेर भोट माग्ने आकाङ्क्षा रहे पनि स्म्भव नहुँदा चुनावमा आफूलाई जिताउन फोरमबाट नै सहयोगको अपेक्षा गर्नुभयो ।  

चौधरीले आफूले चार्टड अकाउन्टेन्ट हुने धोका पूरा गर्न नसकेको भन्दै अहिले चार्टर्ड एकाउन्टेन्टकाे जमात हेर्दा आफू चुकेको जस्तो लाग्ने बताउनुभयो । उहाँले आफू जनताको प्रतिनिधि भएको र विकासका लागि राजनीति गर्न आएको उल्लेख गर्नुभयाे । 

चौधरीले आफूलाई धन सम्पत्तिकाे कुनै खाँचो नरहेको तर आफू जनताको प्रतिनिधि भएकाले विकासका लागि राजनीति गर्न आएको दोहाेर्‍याउनुभयाे । नेपालमा बहुमतको सरकार आए पनि विकासको नाममा कुनै सिन्को नभाँचेको उहाँले गुनासो गर्नुभयो । उहाँले नेपालमा धेरै राजनीतिक परिवर्तन भए पनि देशको अवस्था नबदलिएकाे बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया