सुनकोसी–मरिन डाइभर्सनको सुरुङ खन्ने काम सुरु, २२ महिनामा खनिसक्ने लक्ष्य

 असोज २८, २०७९ शुक्रबार १४:५१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुली : सुनकोसी–मरिन डाइभर्सन बहुउद्देशीय आयोजनाको सुरुङ खन्ने काम सुरु भएको छ । अटोमेटिक टनेल बोरिङ मेशिन (टीबीएम) बाट सुरुङ खन्ने काम सुरु भएको आयोजना प्रमुख मित्र बरालले जानकारी दिनुभयो ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोसी–मरिन डाइभर्सनको १३ दशमलव तीन किलोमिटर सुरुङ आउँदो २२ महिनामा खनिसक्ने लक्ष्य राखिएको छ । भौगर्भिकरूपमा कुनै समस्या नआए समय तालिकाभित्रै सुरुङ खन्ने काम सकिने आयाेजना प्रमुख बरालले बताउनुभयो । आयोजनाका लागि सरकारले चालु आर्थिक वर्षमा दुई अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आयोजनाको २०७७ फागुन २० गते शिलान्यास भएको थियो ।

सुनकोसी गाउँपालिका वडा नम्बर ७ कानढुङ्ग्रीमा सिन्धुली र रामेछापको सिमाना भएर बग्ने सुनकोसी नदीमा डाइभर्सनको संरचना निर्माण गरी सुनकोसीको झन्डै ६७ क्युमेक पानीलाई कमलामाई नगरपालिका वडा नम्बर २ कुसुमटारमा रहेको मरिन खोलामा खसाल्ने योजना रहेको छ । त्यसपछि बाग्मती सिँचाइ आयोजनाको संरचनामार्फत तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको झन्डै एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य छ । सिँचाइसँगै ३१ दशमलव ०७ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिनेछ ।

आयोजनाको सुरुङ निर्माणका लागि चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपसँग सम्झौता भएको छ । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Lokraj kalathoki

    Oct. 14, 2022, 8:12 p.m.

    अब केहि होला कि ??

  •  0 Reply

तपाईको प्रतिक्रिया