कालीकाेटमा ९ दिनपछि विद्युत् सेवा सुरु

 असोज २९, २०७९ शनिबार ७:३५:१८ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट - कालीकाेटमा ९ दिनपछि विद्युत् आपूर्ति हुन थालेकाे छ । लगातारकाे वर्षापछि कालीकाेट, दैलेख र जुम्लाका विभिन्न ठाउँमा गएकाे पहिराेका कारण असाेज १९ गतेदेखि बन्द भएकाे विद्युत् सेवा हिजाेदेखि सुरु भएकाे हाे । 

दैलेखकाे दुल्लु सबस्टेशनदेखि कालीकाेटकाे मान्म सबस्टेशनसम्मकाे ६० किलाेमिटर क्षेत्रभित्रकाे अवराेध हटाएपछि विद्युत् सेवा सुरु भएकाे नेपाल विद्युत् प्राधिकरण कालीकोटका कार्यालय प्रमुख विमल शाहले बताउनुभयो ।

ठाउँठाउँमा गएकाे पहिरोले रुख ढलेर विद्युतीय संरचनामा क्षति पुर्याएकाे उहाँले बताउनुभयाे । पहिराेकै कारण सडक अवरद्ध हुँदा विद्युत् सेवा समयमै सञ्चालनमा ल्याउन नसकिएकाे शाहले बताउनुभयाे । 

केही ठाउँमा भने पहिराेले क्षति पुर्याएका ११ केभी लाइनका पाेलहरुकाे मर्मत भइरहेकाे नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले जनाएको छ।

अन्तिम अपडेट: बैशाख १, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया