यस वर्षको मनसुन बाहिरिने चरणमा

 असोज २९, २०७९ शनिबार ७:४७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपालबाट यस वर्षको मनसुन बाहिरिने चरणमा पुगेको छ । अहिले मनसुनी वायुको प्रभाव कमजोर बनेर बाहिरिने चरणमा रहेको र मनसुन बाहिरिएको औपचारिक घोषणाका लागि अन्तिम तयारीमा रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।

नेपालबाट मनसुन बाहिरिने औसत समय अक्टोबर दुई तारिख हो । तर मनसुन औसत समयभन्दा झन्डै दुई हप्ता लम्बिसकेको छ । अहिले कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली  रही बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो  सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई ठाउँमा चट्याङसहित सामान्य पानी सम्भावना रहेको छ । राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशको पहाडी क्षेत्रको सडक तथा हवाई यातायातमा मौसमको सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया