पाल्पामा रुखबाट खसेर एक युवाको ज्यान गयो

 असोज २९, २०७९ शनिबार १०:२४:२५ | देव पचभैया
unn.prixa.net

प्रतीकात्मक तस्बिर

पाल्पा - रुखबाट खसेर पाल्पामा एक जना युवाको ज्यान गएको छ ।

अरिङ्गाल पोल्ने क्रममा सालको रुखबाट खसेर तिनाउँ गाउँपालिका-२ हापुरेका ३० वर्षीय विष्णुबहादुर सारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

घर नजिकैको तारे जङ्गलमा छिमेकी पूर्णबहादुर राना र विष्णु अरिङ्गाल पोल्न रुखमा चढेका थिए । 

रुखबाट खसेका सारुलाई उपचारका लागि प्रादेशिक अस्पताल बुटवलमा पठाइए पनि उपचारका क्रममा उहाँको ज्यान गएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया