कालीकाेट : पहिराेमा बेपत्ता भएकामध्ये एक जनाकाे शव भेटियाे

 असोज २९, २०७९ शनिबार १२:३१:४ | मनिराज पाण्डे
unn.prixa.net

फाइल तस्बिर

कालीकोट - कालीकाेटकाे तिलागुफा-४ राँचुली गाउँमा गएकाे पहिराेमा परि बेपत्ता भएकामध्ये एक जनाकाे शव भेटिएकाे छ । पहिराेमा परि बेपत्ता भएका १३ जनामध्ये ५५ वर्षीय धनबहादुर शाहीको शव फेला परेकाे हाे ।

उहाँकाे शव तिलानदी पारि रुखमा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिनुभयाे । यही असाेज २३ गते स्थानीय हेमराज शाहीको अन्त्येष्टि गर्न तिला नदी किनारमा गएका राँचुली गाउँका १३ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये अझै १२ जनाकाे अवस्था थाहा हुन सकेको छैन ।

बाढी पहिरोमा परि कालीकोटमा सात जनाले ज्यान गुमाएका छन् भने अझै १६ जना बेपत्ता छन् ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया