पौडी खेल्दा डुबेर पाल्पामा एक बालकको ज्यान गयो

 असोज ३०, २०७९ आइतबार १७:३३:३८ | देव पचभैया
unn.prixa.net

प्रतीकात्मक तस्बिर

पाल्पा – पाल्पामा पौडी खेल्दा डुबेर एक बालकको ज्यान गएको छ । तानसेन नगरपालिका –२ नारायणस्थानमा रहेको पोखरीमा डुबेर तानसेन–६ टुुँडिखेल नजिकै बस्ने १२ वर्षीय सुजल पराजुलीको ज्यान गएको हो । 

आइतवार दिउँसो पोखरीमा डुबेका पराजुलीलाई प्रहरी र स्थानीयको सहयोगमा उद्दार गरी युनाइटेड मिसन अस्पताल लगिए पनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ  । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया