सुर्खेत–कालीकोट सडक खण्ड खुल्यो, १० दिनदेखि रोकिएका गाडी गन्तव्यतर्फ जाँदै

 असोज ३१, २०७९ सोमबार ९:४:२९ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट - कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–कालीकोट सडक खण्डमा गाडी चल्न थालेका छन् । कालीकोटको खाँडाचक्र नगरपालिका-२ सेरीघाटमा तिलानदीले बगाएको सडकको पुनःनिर्माण हिजो बेलुका सकिएपछि राजमार्ग सञ्चालनमा आएको हो ।

सुर्खेत–कालीकोट सडक खण्ड सञ्चालनमा आएको र यसले धेरै सहज हुने प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो ।

सेरीघाटको चट्टान नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सडक डिभिजन कार्यालय जुम्लाको सहयोगमा फुटाइएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।

कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतबाट कालीकोटको पिलिसम्म राजमार्ग सञ्चालनमा आएको र पिलीबाट जुम्लासम्म पनि सडकको अवरोध पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताउनुभयो । सडक खुलेसँगै १० दिनदेखि रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया