शेयर बजार आज पनि घट्यो, ५१ कराेड रुपैयाँमा खुम्चियाे काराेबार रकम

 असोज ३१, २०७९ सोमबार १६:१९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज साेमवार पनि घटेको छ । हिजो आइतवार झन्डै १० अंकले घटेको शेयर बजार आज दुई दशमलव ६१ अंकले घटेर एक हजार आठ सय ५८ दशमलव ३३ बिन्दुमा झरेको छ ।

आज बैंक, व्यापार, होटल, निर्जीवन बीमा, म्युचल फन्ड र अन्य समूहबाहेकको शेयर घटेको छ । जीवन बीमा, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।

नेप्से सूचक घटेकाे दिन दुई सय १९ कम्पनीको १६ लाख ३१ हजार कित्ता शेयर ५१ करोड ५८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको दुई करोड ७९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज पिपुल्स पावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि अभियान लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया