कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थको अभाव

 कात्तिक १, २०७९ मंगलबार ११:१५:१ | नेत्र शाही
unn.prixa.net

 जुम्ला – कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थ अभाव हुन थालेको छ । बजारमा अहिले ग्यास र पेट्रोलियम पदार्थ पर्याप्त मात्रमा नहुँदा उपभोक्तालाई पाउन गाह्रो भएको छ ।

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थको समस्या देखिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताउनुभयो ।

कर्णाली राजमार्ग खुलाउने समय लाग्ने हल्ला फैलिएकाले बजारमा कालोबजारीसमेत हुन थालेको छ ।

कालोबजारी रोक्न चन्दननाथ नगरपालिका जुम्लाका उपप्रमुख रामदेवी खड्का र सहायक प्रमुख जिल्ला अधिकारी रिजालको अगुवाइमा बजार अनुगमन गरिएको छ । अनुमगनका क्रममा झण्डै दुई महिना पुग्ने खाद्यान्न र खाने तेल बजारमा मौज्दात रहेको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो । पेट्रोलियम पदार्थबाहेक दैनिक उपभोग्य वस्तुमा समस्या नहुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पेट्रोलिय पदार्थको आपूर्ति सहज बनाउन अवरुद्ध कर्णाली राजमार्ग छिटो भन्दा छिटो खुलाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाको ध्यानाकर्षण गराइएको छ । कार्यालयले पनि जतिसक्दो छिटो सडक खुलाउन प्रयास भइरहेको जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया