डलरको भाउ अहिलेसम्मकै उच्च : आज बिक्रीदर १ सय ३२ रुपैयाँ ८ पैसा

 कात्तिक २, २०७९ बुधबार ८:१८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको खरिद दर १ सय ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ८ पैसा तोकेको छ ।

डलरको यो भाउ अहिलेसम्मकै उच्च हो । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । विश्वबजारमा अमेरिकी डलरको भाउ उच्चबिन्दुमा पुगेसँगै नेपाली मुद्राको मूल्य अवमूल्यन भएको हो । विश्वका प्रमुख मुद्रासँग तुलना गर्दा अमेरिकी डलर दुई दशकयताकै शक्तिशाली बनेको छ । यसले विश्वभरिको व्यापार र आन्तरिक कारोबारलाई समेत असर पार्नेछ । आयात गर्ने सामग्रीका लागि थप महँगो पर्छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया