राज कपूरकी छाेरीलाई बुहारी बनाउन चाहन्थिन् इन्दिरा गान्धी, करीना पनि कुनैबेला राहुललार्इ चाहन्थिन्

 असोज १५, २०७५ सोमबार १९:१७:२७ | एजेन्सी
unn.prixa.net

बलिउड स्टार तथा नेताहरुका बीच आपसमा पुरानो सम्बन्ध रहँदै आएको छ । गान्धी परिवार पनि यसबाट अछूतो छैन । गान्धी – नेहरु परिवारको चलचित्रको दुनियाका दिग्गज कपूर परिवारसँग धेरै राम्रो सम्बन्ध थियो ।

यो तथ्य हालै प्रकाशित पत्रकार रशीद किदवईको पुस्तक ‘नेता अभिनेता बलिउड स्टार पावर इन इण्डियन पोलिटिक्स’बाट पत्ता लागेको हो । पत्रकार किदवईले भारतका प्रख्यात गान्धी तथा कपूर परिवारका बारेमा थुप्रै रोचक तथ्यहरु बयान गरेका छन् ।

किदवईको पुस्तकका अनुुसार पुस्तकमा इन्दिरा गान्धीले कपूर र गान्धी परिवारको बीचमा नातासम्बन्ध कायम होस् भन्ने चाहन्थिन् ।

त्यसैले उनले आफ्नो जेठो छोरा तथा भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको विवाह राज कपूरकी जेठी छोरी ऋतुसँग गराउन चाहेकी थिइन् तर उनको यो मनोकांक्षा पूरा हुन पाएन । राजीव गान्धी बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा पढ्न गएपछि उनको भेट सोनिया गान्धीसँग भयो ।

दुवैको मित्रता प्रेममा बदलियो र सन १९६८ दुवैले विवाह गरे । यसबाहेक रसिदले आफ्नो पुस्तकमा राज कपूरकी नातिनी करीना कपूरले सन् २००२ मा राहुल गान्धी आफूलाई मन पर्ने बताएकी थिइन् ।

राहुल गान्धी पनि करीनाको फिल्म फर्स्ट डे फर्स्ट शो हेर्न रुचाउँथे । एउटा टेलिभिजन कार्यक्रममा यसबारेमा गरिएको प्रश्नमा उनले आफू राहुल गान्धीसँग डेटिङ जान इच्छुक रहेको बताएकी थिइन् ।

‘मलाई उनका बारेमा जान्न बुझ्न दिक्क लाग्दैन । मैले उनको फोटो देखेकी छु र उनका बारेमा जानबुझ गर्दा कस्तो अनुभव हुँदोरहेछ भनेर उत्सुक छु । म फिल्मी खानदानबाट आएकी हुँ । उनी राजनीतिक खानदानबाट आएका हुन् । त्यसैले हाम्राबीच रमाइलो कुराकानी हुन सक्छ ।’  

तर पछि करीना यो कुराबाट पछि हटिन् । सन् २००९ मा उनले आफूले पहिला आफूहरु दुवैको थर प्रख्यात भएकाले यस्तो अभिव्यक्ति दिएको बताइन् ।

उनले आफू कुनैदिन राहुलको खातिरदारी गर्न इच्छुक रहेको पनि बताइन् । साथै उनले राहुललाई प्रधानमन्त्रीको रुपमा देख्न चाहेको तर उनीसँग डेट गर्न भने इच्छुक नरहेको पनि बताइन् ।


 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया