दैलेखको भैरवी गाउँपालिकामा डोजरको ठक्करबाट एक जनाको ज्यान गयो

 कात्तिक ९, २०७९ बुधबार ७:५०:१४ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखको भैरवी गाउँपालिकामा डोजरको ठक्करबाट एक जना पैदल यात्रीको ज्यान गएको छ ।

भैरवी गाउँपालिका–४ डाँडीमाडी बजारमा भएको घटनामा भैरवी गाउँपालिका–३ कुराँह गाउँका ३९ वर्षीय धनु खातुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिनुभयो ।

सहिदगेटदेखि डाँडीमाडी खण्डको बाटो मर्मत गरी फर्केको भे १ क १६४२ नम्बरको डोजरले पैदल यात्री खातुनलाई ठक्कर दिएको र चालक प्रविणकुमार शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने डोजर भैरवी गाउँपालिकाको हो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया