सरकार र दलले आफूभन्दा माथि जनता भनेर साेच्न जरुरी छ : सुनिता डंगोल

 कात्तिक ९, २०७९ बुधबार १४:२४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – काठमाण्डाै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सरकार र राजनीतिक दलले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक रहेको बताउनुभएको छ ।

आज बुधवार भक्तपुरमा आयोजित नेपाल सम्वत् ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवम् राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण समारोहमा बोल्दै उपमेयर शाक्यले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सम्वतको छुट्टै मौलिक महत्त्व र पहिचान रहेको भन्दै नेपाल सम्वतलाई व्यवहारमा लागू गर्न आवश्यक भएको बताउनुभयो । उहाँले सरकारी कार्यालयहरूमा चलाउने डकुमेन्टहरूमा नेपाल सम्वत प्रयोग गर्न नसकेसम्म राष्ट्रिय सम्वत, राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नरहने जिकिर गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘नेपाल सम्वतको छुट्टै मौलिक महत्त्व र पहिचान छ । नेपाल संवत मनाइरहँदा राष्ट्रिय विभूतिबाट सिक्नुपर्ने धेरै पाठ छ । जनतालाई ऋण मोचन गरेझैँ सरकार र राजनीतिक दलले आफूभन्दा माथि जनता भनेर सोच्न जरुरी छ ।’

उपमेयर डंगोलले संसारमा नै नभएको देशको नामबाट एउटै मात्र संवत भनेको नेपाल सम्वत रहेकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया