जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै
चैत १०, २०७९ शुक्रबार
अर्घाखाँची – अर्घाखाँचीमा म्यादी प्रहरीले पोसाकमा टिकटक बनाउने तथा सामाजिक सञ्जालमा भिडियो राख्न नपाउने भएका छन् ।
आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि अर्घाखाँचीमा खटिने म्यादी प्रहरीले पोसाकको दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो, तस्बिर राखे कारबाही गरिने प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयाे । प्रहरीको पोसाक अन्य व्यक्तिले लगाएर टिकटक बनाएको खण्डमा पनि कारबाही गरिने उहाँले बताउनुभयाे ।
तीन नगरपालिका र तीन गाउँपालिका रहेको अर्घाखाँचीमा एक हजार एक जना म्यादी प्रहरी चुनावका लागि सुरक्षामा खटिने छन् ।
सदरमुकाम सन्धिखर्कमा १० दिनसम्मको तालिम लिएपछि चुनाव लक्षित खटिन लागेका म्यादी प्रहरीलाई कुनै राजनीतिक दलप्रति आस्था नराखी सुरक्षामा खट्न प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले आग्रह गर्नुभएको छ । यदि कुनै आस्था, प्रलोभनमा परेर सुरक्षा प्रदान गरेमा कानुनी नियमअनुसार कारबाही उहाँले बताउनुभयाे ।