पिङबाट लडेर दैलेखमा १ जनाकाे ज्यान गयाे

 कात्तिक ९, २०७९ बुधबार १८:१६:२ | अमर सुनार
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दैलेख – दैलेखमा पिङबाट लडेर आज बुधवार एक जनाको ज्यान गएको छ । सदरमुकाम नारायण नगरपालिका वडा नम्बर ६ मा पिङ खेल्ने क्रममा लडेर स्थानीय १८ वर्षका नवराज बोगटीको ज्यान गएको हो ।

पिङ खेल्ने क्रममा लडेका बोगटीको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिनुभयो । 

तिहारमा जिल्लाभर पिङ हाल्ने र खेल्ने प्रचलन धेरै छ । पिङ खेल्दा सुरक्षा अपनाउन जिल्ला प्रशासन कार्यालय दैलेखले सबैलाई अनुरोध गरेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया