सरकार सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन लागिपरेको छ : म...
माघ २४, २०७९ मंगलबार
दैलेख – दैलेखको नौमुले गाउँपालिका वडा नम्बर १ नौमुल बजारमा रहेको एउटा कपडा पसलमा आगलागी भएको छ ।
बिसाखर प्याकुरेलको कपडा पसलमा गएराति आगलागी भएको हो ।
आगलागीबाट झण्डै ६५ लाख रुपैयाँ बराबरको कपडा जलेर नस्ट भएको इलाका प्रहरी कार्यालय नौमुलेको प्रारम्भिक अनुमान छ ।
पसलमा बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय नौमुलेका प्रहरी प्रमुख तेजबहादुर बुढाथोकीले बताउनुभयो ।
प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको छ । कपडा पसल भएको घरमा नौमुले गाउँपालिकाको कार्यालय समेत रहेको छ ।
दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ ।