डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँमा पहिलोपटक बिजुली पुग्यो

 कात्तिक १०, २०७९ बिहिबार ९:१२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

बैतडी – बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँमा पहिलोपटक बिजुली पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन गाउँपालिकाको केन्द्रमा विस्तार गरिएपछि वडा नम्बर ७ मा रहेको गाउँपालिकाको केन्द्र धामी गाउँमा बिजुली पुगेको हो ।

उज्यालो डिलाशैनी अभियान अन्तर्गत पहिलोपटक गाउँपालिका केन्द्रमा बिजुली पुर्याएको डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिनुभयो ।

धामीगाउँमा रहेको पालिकाको केन्द्रमा बत्ती बालिएको छ । पालिकाका अन्य ठाउँमा पनि लाइन विस्तारको काम तीव्रताका साथ अगाडि बढाएको उहाँले बताउनुभयो ।

लामो समयदेखि टुकी बत्तीको भरमा रहेको बस्तीमा तिहारकै बेला बिजुली बलेपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।

पहिलोपटक बिजुली पुग्दा निकै खुसी लागेको र तिहार झिलीमिली भएको त्यहाँका हरिश धामीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया