मकवानपुरमा देउसी खेल्न जानेक्रममा भिरबाट लडेर एक जनाको ज्यान गयो

 कात्तिक १०, २०७९ बिहिबार ९:३६:३४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–१ बाघचौरमा देउसी खेल्न जानेक्रममा भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।

बाघचौरका ४१ वर्षीय सुकमान गोले भिरबाट लडेर गम्भीर घाइते हुनुभएको थियो ।

उहाँको उपचारका क्रममा गएराति हेटौंडा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया