हेटौँडाकाे तरकारी बजारमा आगलागी, आधा दर्जन पसल जलेर नष्ट

 कात्तिक १०, २०७९ बिहिबार १४:५१:१३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१० टिसिएनमा रहेको तरकारी बजारमा आगलागी भएको छ । आज बिहीवार टिसिएनको मिना साहको होटलबाट सल्किएको आगो तरकारी बजारमा फैलिएको हो । आगलागीबाट लाखौँ रुपैयाँको सामान जलेर नष्ट भएको छ ।

तरकारी बजारमा लागेको आगो प्रहरी, दमकल र स्थानीयवासीकाे सहयोगमा निभाइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो । आगलागीबाट यहाँका आधा दर्जनभन्दा धेरै तरकारी पसल जलेर नष्ट भएको छ । 

आगलागी भएपछि बसपार्कभित्र रहेका ग्यासका सिलिन्डर पड्किँदा स्थानीयवासी त्रसित भएका थिए । तरकारी बजार नजिकै रहेको होटलबाट सल्किएको आगो हेटौँडा उपमहानगरपालिकाको दमकल तथा सशस्त्र, जनपथ प्रहरी, स्थानीयवासीकाे सहयाेगमा झन्डै एक घण्टापछि निभाइएकाे हाे । 

हेटौँडाको मुख्य बजार क्षेत्रमा रहेको यस तरकारी बजारमा टिन र काठले बनाइएका पूर्वाधार भएकाले आगाे निभाउन कठिन भएको थियो ।

अन्तिम अपडेट: चैत १५, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया