कर्णाली करिडोर अझै खुलेन, लुसा गाउँ पहिरोको उच्च जोखिममा

 कात्तिक ११, २०७९ शुक्रबार २०:१८:३२ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट  – कर्णाली करिडोर नखुल्दा स्थानीयवासी समस्यामा परेका छन् । कर्णाली राजमार्गबाट छुट्टिएर बाजुरा हुँदै हुम्लाको सिमाना सल्लीसल्लासम्म ट्र्याक खुला भएको कर्णाली करिडोर गएको असोज १९ गतेदेखि पूर्णरूपमा बन्द हुँदा स्थानीयवासी समस्यामा परेका हुन् । 

कालीकोटका पाँच वटा पालिकासहित बाजुराको कोल्टी, मुगुको पश्चिम भेग र हुम्लाको पश्चिम भेग जोड्ने कर्णाली काेरिडोरमा गाडी नचल्दा यात्रु पिठ्युमा भारी बोकेर पैदल हिँड्न बाध्य छन् । करिडोर अन्तर्गत पर्ने फुगाडा खोलाको बेलिब्रिज दुई वर्षअघि बाढीले बगाएकाले पैदल आउजाउ गर्नेलाई समेत कठिन भएको पलाँता गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाले बताउनुभयो । 

सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर १ को लुसा गाउँबाट निरन्तर दबदबे हिलोसहितको पहिरो बगिरहेकाले कर्णाली करिडोर खुलाउन कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो । पहिरोका कारण लुसा गाउँसमेत उच्च जोखिममा छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया