कालीकाेटमा भिरबाट लडेर एक जनाकाे ज्यान गयाे

 कात्तिक १२, २०७९ शनिबार ८:४५:१२ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट - कालीकाेटमा भिरबाट लडेर एक जनाकाे ज्यान गएकाे छ ।

भिरबाट लडेर  तिलागुफा नगरपालिका वडा न ७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको ज्यान गएकाे हाे ।

महावै गाउँपालिका-५ राम्नीमा रहेकाे छोरीको घरमा भेटघाट गरेर फर्किँदै गर्दा बित्तामोड भिरबाट लडेर उहाँकाे  ज्यान गएकाे तिलागुफा नगरपालिका उपप्रमुख महेन्द्रबहादुर शाहीले बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक १२, २०७९

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया