कालीकाेट : विस्फाेटक वस्तु पड्किँदा दुई जना बालिकाकाे ज्यान गयाे, तीन जना बालबालिका घाइते

 कात्तिक १२, २०७९ शनिबार १२:२०:४८ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट - कालीकाेटमा विस्फाेट वस्तु पड्किँदा दुई जना बालिकाकाे ज्यान गएकाे छ । तीन बालबालिका जना घाइते भएका छन् । 

कालीकाेटकाे तिलागुफा नगरपालिका-१० रानाबाडामा विस्फाेट वस्तु पड्किँदा चार वर्षका दुई बालिका झरना थापा र सरस्वती रानाकाे ज्यान गएकाे हाे । यस्तै, तीन वर्षीया दर्शना राना, सात वर्षीय कमल थापा र पाँच वर्षीया मुस्कान थापा घाइते भएका हुन् । 

उनीहरु घर नजिकैकाे काेदाेबारीमा खेलिरहेकाे अवस्थामा विस्फाेटक वस्तु पड्किएकाे प्रहरी नायब उपरीक्षक डीएसपी जयश्वर रिमालले बताउनुभयाे। 

घाइते बालबालिकाहरुलाई  उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएकाे प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो ।

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया