बालिका बलात्कार गरेर फरार रहेका एक जना १० वर्षपछि पक्राउ

 कात्तिक १२, २०७९ शनिबार १४:२६:३९ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको शितगंगा नगरपालिकामा १० वर्षअघि ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर फरार रहेका एक जना पक्राउ परेका छन् । 

वि.स. २०६९ साल कात्तिक २६ गते  शितगंगा नगरपालिका वडा नम्बर ६ साविक जुकेना गाविस ७ का शालिकराम थापाले स्थानीय ९ वर्षीया कमला थापा (नाम परिवर्तन)लाई जबरजस्ती करणी गरि फरार रहेका थिए । थापालाई २०६९ कात्तिक २६ गते हाडनातामा जबरजस्ती करणी गरेको आरोपमा २०७२ मंसीर २६ गते जिल्ला अदालत अर्घाखाँचीले १५ वर्ष कैद सजाय सुनाएको थियो ।

जबरजस्ती करणी मुद्दामा फरार अभियुक्त थापा १० वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख मुकुन्द रिजालले बताउनुभयो । शितगंगा नगरपालिकाको वडा नं. ४ चाक्लामा लुकीछिपी बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी निरीक्षक होमनाथ रेग्मीसहितको टोलीले पक्राउ गरेको हाे ।
 

अन्तिम अपडेट: कात्तिक १४, २०७९

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया