आचरण विपरीत काम गर्ने दुई जना सशस्त्र प्रहरी नायब निरीक्षक निलम्बित

 कात्तिक १५, २०७९ मंगलबार ९:८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आचरण विपरीत काम गर्ने दुई जना सशस्त्र प्रहरी नायब निरीक्षकलाई निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अगाडि बढेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर–२८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक कृष्णबहादुर मगरलाई निलम्बन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरी नायब निरीक्षक गोविन्द सुवेदीले कात्तिक ४ गते निर्वाचन सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीलाई पुर्याइ कार्यालय फर्कने क्रममा गाडी दुर्घटना भएको थियो । सुवेदीले दिएको जिम्मेवारी सही ढङ्गले निर्वाह नगर्दा दुर्घटना भएको र कारबाहीको प्रक्रिया अगाडि बढेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी चढेको ट्रक दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका थिए । त्यस्तै, असोज २० गते भारतीय भूमिमा मृत्त अवस्थामा फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवको घटनामा प्रारम्भिक छानबिन गर्दा विभागीय नीति तथा आदेश विपरीत काम गरेको देखिएकाले सशस्त्र प्रहरी नायब निरीक्षक कृष्ण बहादुर मगरलाई पनि निलम्बन गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।

अन्तिम अपडेट: जेठ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया