मेलम्चीको खानेपानी आउँदो पुसमा मात्रै काठमाण्डाैमा वितरण गर्ने तयारी

 कात्तिक १५, २०७९ मंगलबार ९:५८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - बर्खामा बाँध बन्द गरेर रोकिएको मेलम्चीको खानेपानी आउँदो पुसमा मात्रै काठमाण्डाैमा वितरण गर्ने तयारी भएको छ । दशैँलगत्तै पानी पठाउने भनिए पनि स्थानीय बासिन्दाका माग सम्बोधन गर्नेदेखि सडक मर्मतको काम नसकिएकाले मेलम्चीको पानी वितरणमा ढिलाइ भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

यसपालि बर्खामा बाढीले पुर्याउन सक्ने क्षतिलाई मध्यनजर गर्दै मेलम्ची खानेपानी विकास समितिले मेलम्चीको बाँधबाटै पानी रोकेको थियो । मेलम्चीको बाँधतर्फ जाने १३ किलो मिटर सडक गएको वर्षदेखि नै बिग्रिएको थियो । मेलम्ची पुल बजारदेखि अम्बाथानसम्म भत्किएको सडकको केही भाग पालिकाले मर्मत गरे पनि हेलम्बुदेखि झण्डै चार किलो मिटर सडक अझै मर्मत हुन सकेको छैन ।

यो सडक बाढीले बगाएको छ । आयोजनाका गाडी र कामदार ओहोरदोहोर गर्ने सडक बिग्रिएकाले मेलम्चीको पानी पठाउन कठिन भइरहेको मेलम्ची खानेपानी विकास समितिका प्रमुख कमलराज श्रेष्ठले बताउनुभयो। झण्डै दुई वर्षअघि मेलम्चीको पानी काठमाण्डाै ल्याइएको थियो । २०७८ सालको असार १ र १५ गतेको बाढीले मेलम्चीको बाँधमा क्षति पुर्याएको क्षति झन्डै सात महिना लगाएर समाधान गरिएको थियो । तर, त्यसयता भने नियमित पानी आएको छैन। 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया