खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
अमेरिका, क्यानडा र फ्रान्सका वैज्ञानिकलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ ।
‘लेजर फिजिक्स’मा उनीहरुले योगदान गरेको भन्दै तीनजनालाई भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान गरिएको हो । विज्ञानतर्फको नोबेल पुरस्कार प्रदान गर्ने ‘द स्वीडिस रोयल एकेडेमी’ले मंगलबार तीनजनालाई विजेता घोषणा गरेको छ । उनीहरुले संयुक्त रुपमा दश लाख अमेरिकी डलर र मेडल पाउनेछन् ।
दश लाखमध्ये अमेरिकाका वैज्ञानिक आर्थर आश्किनले आधा र फ्रान्सका जेराल्ड मौरोउ र क्यानडाका स्ट्रिकल्याण्डलाई आधा पुरस्कार दिइने छ । एकेडेमीका अनुसार वैज्ञानिक आश्किनले ‘अप्टिकल ट्वीजर’को विकास गरेको आधारमा भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो ।
BREAKING NEWS⁰The Royal Swedish Academy of Sciences has decided to award the #NobelPrize in Physics 2018 “for groundbreaking inventions in the field of laser physics” with one half to Arthur Ashkin and the other half jointly to Gérard Mourou and Donna Strickland. pic.twitter.com/PK08SnUslK
— The Nobel Prize (@NobelPrize) October 2, 2018
स्ट्रिकल्याण्ड र मौरिउले लेजर प्रविधिमा विकास गरेको आधारमा उनीहरुलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको हो । आश्किन नाबेल पुरस्कार पाउने अहिलेसम्मकै वृद्ध व्यक्ति हुन् । उनी ९६ वर्षका भएका छन् ।
स्ट्रिकल्याण्ड ५५ वर्षपछि नोबेल पुरस्कार प्राप्त गर्ने महिला वैज्ञानिक बनेकी छिन् । आफू नोबेल पुरस्कारमा छनोट भएकोमा उनले खुशी व्यक्त गरेकी छिन् । सन् १९०३ मा म्यारी क्युरीले नोबेल पुरस्कार प्राप्त गरेकी थिइन् । नोबेल पुरस्कार पाउने उनी पहिलो महिला हुन् ।
रेडियसन पत्ता लगाएको भन्दै उनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । त्यसपछि सन् १९६३ मा मारिया जियोपेर्ट मेयरलाई आणविक संरचनाको विकास गरेको भन्दै नोबेल पुरस्कार दिइएको थियो । नोबेल पुरस्कार पाउने उनी दोस्रो महिला वैज्ञानिक थिइन् ।
स्ट्रिकल्याण्ड भौतिकशास्त्रतर्फ नाबेल पुरस्कार पाउने तेस्रो महिला वैज्ञानिक हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।