जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै
चैत १०, २०७९ शुक्रबार
अर्घाखाँची – अर्घाखाँचीमा निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्ने उद्देश्यले बाँड्न थालिएको पाँच पाइप प्रहरीले बरामद गरेको छ । छत्रदेव गाउँपालिका ६ ठुलापोखरामा मतदातादाई प्रभावित पार्ने उद्देश्यका साथ बाँड्न थालेको पाइप प्रहरीले बरामद गरेको हो ।
मतदातालाई प्रभावित पार्ने उद्देश्यका साथ पाइप बाँड्न थालेको थाहा पाएपछि खटिएको प्रहरी टोलीले पाइपको पिछा गर्दै जाँदा उनीहरू पाइप छाडेर भागेका थिए । बरामद गरिएको पाँच राेल पाइप मुख्य निर्वाचन अधिकृतको कार्यालय सन्धिखर्कमा राखिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताउनुभयो ।
एमाले कार्यकर्ताले मतदातालाई बाँड्न पाइप लगेको स्थानीयवासीकाे आराेप छ ।