अर्घाखाँचीकाे सन्धिखर्कमा शुक्रवार सार्वजनिक बिदा

 कात्तिक १७, २०७९ बिहिबार १९:१५:० | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – हरिबाेधनी एकादशीकाे दिन भाेलि शुक्रवार अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । 

सन्धिखर्कमा भाेलि हरिबाेधनी एकादशीकाे दिन विशेष मेला तथा भैलाे प्रदर्शनी हुने भएकोले सार्वजनिक बिदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो ।  

नगर प्रमुखस्तरीय निर्णय गरी पालिकाले सार्वजनिक बिदा दिएकाे हाे । भाेलि नगरभित्र रहेका सबै वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य चाैकी बन्द रहने सूचनामा उल्लेख छन् ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया