नेपाली चलचित्र 'लाखे'सहित बलिउड फिल्म 'राम सेतु' र 'फोन भूत' प्रदर्शनमा

 कात्तिक १८, २०७९ शुक्रबार ११:५३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फ्राइडे रिलिज अन्तर्गत आज एक नेपालीसहित दुई बलिउड फिल्म प्रदर्शनमा आएका छन् । आजदेखि नेपाली चलचित्र 'लाखे', बलिउड फिल्म 'फोन भूत' र 'राम सेतु' एकसाथ प्रदर्शनमा आएका हुन् । 

एक्सन, सस्पेन्स, थ्रिलर जनरामा आधारित लाखेमा सौगात मल्लको मुख्य भूमिका रहेको छ । चलचित्रमा मल्लसहित अनुपविक्रम शाही, वर्षा राउत, अर्पण थापा, आर्यन अधिकारी, प्रशान्त ताम्राकार, सुशील सिटौला, रोहित रुम्बा, कालु राणा, सञ्जोग राणा, रक्षा बुढाथोकी, सिस्टम भण्डारी, सगुन तण्डुकार लगायतको अभिनय रहेको छ ।

सिजन अर्यालको कथा लेखन र निर्माण बनेको यस चलचित्रमा सुसन प्रजापतिको छायाङ्कन रहेको छ । फिल्ममा दीपक बज्रचार्यको सङ्गीत, कविराज गहतराजको कोरियोग्राफी र सम्राट बस्नेतकै द्वन्द्व निर्देशन रहेको छ ।  ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर र औरिवन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा, सम्वाद आकाश बरालले लेखेका हुन् । 

आजदेखि प्रदर्शनमा आएको बलिउड फिल्म 'राम सेतु' मा अक्षय कुमारको मुख्य भूमिका रहेको छ । राम सेतुमा अक्षयसँगै ज्याक्लिन फर्नान्डिज र नुशरत भरुचाको अभिनय रहेको छ । अभिषेक शर्माको निर्देशनमा बनेको यस फिल्मलाई चन्द्रप्रकाश द्विवेदीले निर्माण गरेका हुन्। 

यस्तै, अर्को बलिउड फिल्म ‘फोन भूत’ कमेडी हरर जनरामा आधारित चलचित्र हो । गुरमित सिंह निर्देशित यस फिल्ममा कट्रिना कैफ, सिद्धान्त चतुर्वेदी र इशान खट्टर, ज्याकी श्राफ, निधि विष्ट, केदार शन्कार, मनुज शर्मालगायत कलाकारको अभिनय छ । फिल्मको कथा रवि शङ्कर र जस्भिन्दर सिंहले लेखेका हुन् ।   

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया